site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जटिल बन्दै जीसी दम्पती हत्या प्रकरणको अनुसन्धान
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्वतका ६९ वर्षीय सूर्यबहादुर जीसी र उनकी पत्नी ६७ वर्षीया कमला जीसीको हत्याको अनुसन्धान जटिल बन्दै गएको छ । 

गत चैत १९ मा पर्वतको जलजला गाउँपालिका–२, का जीसी दम्पतीको धारिलो हरियार प्रयोग गरी हत्या भएको थियो । तर, हत्या भएको दुई साता बित्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । घटना जटिल बन्दै गएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत पर्वत पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सीआईबीका प्रहरी निरीक्षकको कमान्डमा टोली बिहीबार पर्वत पुगेको हो । पर्वत प्रहरी र सीआईबीको टोलीले संयुक्त अनुसन्धान अघि बढाएको छ । तर, अहिलेसम्म कुनै नयाँ ‘क्लू’ फेला पार्न सकेको छैन । हत्या गरी लुटपाट गर्ने उद्देश्यले घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि सूर्यबहादुरकी पत्नी कमलाले लगाएको गहना लुटपाट भएको थियो । 

हत्याराको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वत, गण्डकी प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी एकाइबाट समेत छुट्टाछुट्टै टोली खटिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) खुमलाल भुसालले अनुुसन्धान जारी रहेको बताए । “अनुसन्धान जारी नै छ । हामी प्राविधिक विश्लेषण गर्दै छाँै । अहिले नै ठ्याक्कै केही नयाँ कुरा खुलेको छैन,” भुसालले भने । 

Global Ime bank

जीसी परिवारका तीनमध्ये दुई छोरा भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन् । त्यस्तै, एक छोरा म्याग्दीको बेनीमा बस्दै आएका थिए । हत्यापछि तीनैजना दाजुभाइ घर पुगेका छन् । जीसी दम्पती मात्रै घरमा बस्दै आएका थिए । घर पनि एकान्त भएका कारण घटना जटिल बन्दै गएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC