site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त 
Sarbottam CementSarbottam Cement

काठमाडौं । डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धरले यसै वैशाख ३ गतेदेखि कार्यभार सम्हालेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उनले यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतमा नेतृत्वदायी भूमिकाकामा काम गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मानन्धरले व्यवस्थापनलाई सुदृढ बनाउँदै प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने विश्वास कम्पनीको छ ।

डिस मिडिया नेटवर्क लिमिटेडल १३ वर्षदेखि नेपालको पे टीभी इन्डस्ट्रीमा आफ्नो विशेष पहिचान बनाएको बताउँछ ।

Global Ime bank

डिसहोमले ग्राहकलाई विभिन्न उत्कृष्ट च्यानलसँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

तीन वर्षअघि नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइबर इन्टरनेट वितरणका लागि अनुमति लिएको डिसहोम हाल नेपालको दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement