site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा वायु प्रदूषण केही कम
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो दुई सातायता काठमाडौंमा उच्च बनेको वायु प्रदूषण सोमबार केही कम भएको छ । वातावरण विभागका अनुसार सोमबार बिहान ११ बजे काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर १५५ भन्दा कम छ ।

विभागका अनुसार सोमबार वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स) रत्नपार्कमा ११३ र भक्तपुरमा १५३ छ ।

अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरकोे सूचीमा भने काठमाडौं सोमबार दिउँसो १२ः४५ बजे पाँचौँ प्रदूषित सहरमा परेको छ । आईक्यू एयरका अनुसार सो समयमा काठमाडौंको वायुको गुणस्तर १५५ यूएस एक्यूआई छ । यो मात्रा गएको चैत २८ मा २०० र २९ गते १९० सम्म पुगेको थियो ।

देशका विभिन्न स्थानमा डढेलोका कारण प्रदूषण उच्च भएको विज्ञले बताएका छन् । शनिबारयता भने डढेलो र आगलागीका घटना कम भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गएको शुक्रबार देशका ३१ स्थानमा आगलागी र १९ ठाउँमा डढेलोका घटना भएका थिए । शनिबार २४ स्थानमा आगलागी र पाँच ठाउँमा डढेलोका घटना भए । आइतबार १६ स्थानमा आगलागी र दुई ठाउँमा डढेलो रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालमा वैशाख अन्तिमसम्म डढेलोको जोखिम रहने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro