site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिउँदे अधिवेशनमा २३ बैठक, ८१ घण्टा ५५ मिनेट संसदीय काम–कारबाही

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन आइतबार (आज) मध्य रातिदेखि अन्त्य हुने जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले सो जानकारी गराएका हुन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै उनले विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराए ।

गएको माघ २२ गते सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रह्यो । यो अवधिमा २३ दिनमा २३ पटक बैठक बस्यो । २३ दिनमा ८१ घण्टा ५५ मिनेट संसदीय काम–कारबाहीमा व्यतीत भएको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।

विधेयकको अवस्था 
सभामुख घिमिरेले हिउँदे अधिवेशनमा प्रतिनिधिसभामा पाँच सरकारी विधेयक दर्ता गरिएको जानकारी गराए । तीमध्ये निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० समितिमा विचाराधीन रहेको उनले बताए ।

Dabur Nepal
NIC Asia

यस्तै, संघीय निजामती सेवा विधेयक, २०८० माथिको सामान्य छलफल समाप्त भएको र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० र बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत भएको उनले जानकारी गराए ।

“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० दर्ता मात्रको स्थितिमा रहेको छ । साथै, सभामा उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको छ,” उनले भने ।

सभामुख घिमिरेका अनुसार, यो अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएको तीन सरकारी र एउटा गैरसरकारी विधेयक प्रतिनिधिसभामा प्राप्त भएको थियो । तीमध्ये विद्युतीय व्यापार विधेयक, २०८० माथिको सामान्य छलफल सकिएको छ । बाँकी तीन विधेयक सभामा प्रस्तुत भएको उनले जानकारी गराए ।

यसैगरी, सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त आठमध्ये अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित भएको उनले जानकारी गराए ।

“बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । यसरी सभाबाट यो अधिवेशनमा कुल तीनवटा विधेयक पारित भएका छन्,” उनले भने ।

प्रश्नोत्तरको अवस्था 
सभामुख घिमिरेले फागुन ६ र चैत ६ गतेका बैठकहरूमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सञ्चालन गरिएको जानकारी गराए । त्यसक्रममा २६ सांसदले प्रश्न सोधेको र प्रधानमन्त्रीले जवाफ दिएको उनले बताए ।

यस्तै, प्रतिनिधिसभाको चालु अधिवेशनमा विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ मौखिक र आठ लिखित प्रश्न दर्ता गरिएको उनले जानकारी गराए । तीमध्ये ३२ मौखिक र दुई लिखित प्रश्नको उत्तर प्राप्त भएको उनले बताए ।

“सभाको २०८० चैत २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो भने प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ४५ को उपनियम (३) बमोजिम उत्तर प्राप्त भएका बाँकी मौखिक र लिखित प्रश्नहरूको उत्तर सभामा टेबुल भएका छन्,” उनले भने ।

संसद्को यो अधिवेशनमा प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गरिएको छ । “सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईपटक, माननीय उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुईपटक र खानेपानीमन्त्री महिन्द्र राय यादव एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिनुभएको थियो,” उनले भने ।

विश्वासको मत 
सभामुख घिमिरेले गएको फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको जानकारी गराए ।

यस्तै, सभाको दोस्रो अधिवेशनबाट प्राप्त दुई सन्धि–सम्झौतामध्ये बिम्स्टेक बडापत्रलाई चैत २० गते सभाको बैठकबाट अनुमोदन गरिएको उनले बताए । साथै, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथिको सामान्य छलफल सकिएको उनले जानकारी गराए ।

गएको फागनु १४ गतेको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल सकिएको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro