site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानले इजरायलमा प्रहार गर्‍यो ३०० भन्दा बढी ड्रोन र मिसाइल

काठमाडौं । इरानले शनिबार राति इजरायलमा ३०० भन्दा बढी मिसाइल र ड्रोन प्रहार गरेको छ । इस्लामिक गणतन्त्र इरानले यहुदी राज्यमा गरेको यो पहिलो प्रत्यक्ष आक्रमणले वर्षौंको छायाँ युद्धलाई खुलारूपमा बढाउने चिन्ता बढेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यो ‘अभूतपूर्व’ आक्रमणमा ड्रोन, क्रुज र ब्यालिस्टिक मिसाइल प्रयोग भएको बताएको छ । 

आफ्नो भूमिमा पुग्नुअघि नै धेरैजसो ड्रोन र मिसाइल रोक्न इजरायल सफल भएको छ । त्यसका लागि इजरायलको वायु सेनाले अमेरिका, जोर्डन र बेलायती वायु सेनाको सहयोग लिएको छ ।

Dabur Nepal
NIC Asia

सिरिया, इराक र जोर्डनको आकाशमा नै इजरायलले इरानी आक्रमण रोकेको बताइएको छ । थप ड्रोन र मिसाइल इरानी क्षेत्रमै आइरन डोम एयर डिफेन्स इन्टरसेप्टर प्रणालीबाट रोकिएको इजरायले जनाएको छ ।

इजरायलको तेल अभिव र अन्य सहरहरूमा आइतबार बिहान साइरन एवं इजरायली वायुसेनाका जेट विमान आवाज चर्किएको थियो । केही मिसाइलले रक्षा प्रणालीमा क्षति गरेको बताइएको छ ।

आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भनेका छन्, “अधिकांश क्षेप्यास्त्रहरू इजरायलको सीमाबाहिर रोकिएको थियो । केही मिसाइलहरू मात्र इजरायली क्षेत्रभित्र खसे ।”

इरानको रिभोलुसनरी गार्ड कोर्प (आईआरजीसी)ले इजरायलमा आक्रमण गरेको पुष्टि गरेको छ । एक विज्ञप्ति जारी गर्दै आईआरजीसीले भनेको छ, “जियोनिस्ट शासनका कयौँ अपराध...र सिरियामा हाम्रो देशका कमान्डर एवं सैन्य सल्लाहकारको सहादतको बदलामा आईआरजीसीको एयरोस्पेस डिभिजनले कब्जा गरिएका क्षेत्रभित्र केही लक्ष्यमा १०औँ मिसाइल र ड्रोनहरू प्रहार गरेको छ ।”

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘आइरनक्लाड–फलामले ढाकेजस्तो’ समर्थन रहेन र त्यसतर्फ प्रहार भएका सबै ड्रोन र मिसाइल रोक्न सहयोग गरेको बताएका छन् ।

बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले आक्रमणको निन्दा गर्दै यस क्षेत्रमा रोयल एयर फोर्स (आरएएफ)का विमानहरू तैनाथ गरिएको बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro