site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘साहित्यिक पत्रकारिता व्यावसायिक हुन सकेन’

काठमाडौं । साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिताका विविध आयाममाथि विशेष छलफल कार्यक्रमको आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा छलफलका वक्ता साहित्यकार प्रमोद प्रधानले साहित्यिक पत्रकारिता व्यापक हुँदै गएको अवस्थामा पनि व्यावसायिक हुन नसकेकोमा चिन्ता व्यक्त गरे । आज पनि साहित्यिक पत्रिका सित्तैमा बाँडनुपर्ने अवस्था रहेको बताउँदै उनले साहित्यिक पत्रकारिता गर्नेले पनि साधना गर्नुपर्नेमा जोड दिए ।

५० वर्षअघि साहित्यिक पत्रकारितामा जे–जस्ता अप्ठ्याराहरू थिए, ती आज पनि विद्यमान रहेको चर्चा गर्दै प्रधानले समाधानका लागि सरोकारवाला सरकारी निकायहरूले ध्यान दिनुपर्ने उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

अर्का वक्ता मधुपर्क मासिकका पूर्वसम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले साहित्यिक पत्रिका सधैँ अन्यायमा परेको उल्लेख गर्दै कुनै समय साहित्यकारहरू लोकेन्द्रबहादुर चन्द, मोदनाथ प्रश्रित, एस.पी. कोइरालाजस्ता व्यक्तित्व प्रधानमन्त्री र मन्त्री पदमा आसिन रहँदा पनि साहित्यिक पत्रकारिताका क्षेत्रमा कुनै काम हुन नसकेको बताए ।

साहित्यिक पत्रकारितामा पनि विकृति हाबी रहेको चर्चा गर्दै ‘रोदन’ले साहित्यिक पत्रकारितामा पनि इमानदारिताको खाँचो रहेको बताए । उनले लेखकहरू लेखक बन्न सकेको तर पाठक बन्न नसकेको प्रसंग उठाउँदै हरेक लेखकले साहित्यिक पत्रिका किनेरै पढ्नुपर्नेमा विशेष जोड दिए । 

कार्यक्रमका अर्का वक्ता शारदा मासिकका सम्पादक विमल भौकाजीले प्रेस काउन्सिलले साहित्यिक पत्रकारिताको विकासका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रमका अग्रज साहित्यिक पत्रकार रचना द्वैमासिकका सम्पादक रोचक घिमिरेले विगत ६३ वर्षदेखिका आफ्नो अनुभव सुनाउँदै राज्यले साहित्यिक पत्रिकालाई जहिल्यै बेवास्ता गरेको बताए । उनले साहित्यिक पत्रिकाका लागि प्रेस काउन्सिलले अव्यवहारिक नियम लगाएको भन्दै त्यसलाई सच्याएर काम हुनुपर्ने बताए ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको जग नै साहित्यिक पत्रकारिता भएको उल्लेख गर्दै साहित्यिक पत्रकारितालाई जोगाउन काउन्सिलले सधैँ काम गर्दै आएको बताए ।

संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकारिताको उन्नयनका लागि संघको स्थापना भएको जानकारी दिँदै महासंघ निर्माणका लागि आफूहरूले काम गर्दै आएको बताए । उक्त अवसरमा संघले प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई सम्मान गरेको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro