site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेससँग वार्ता गरी सदनको गतिरोध अन्त्य गर्न राजेन्द्र पाण्डेको माग 
फाइल तस्बिर ।
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले नेपाली कांग्रेससँग वार्ता गरी संसद्को गतिरोध अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले सहकारी ठगीका विषयमा विशेष ध्यान दिनुपर्ने बताए । सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम आएपछि कांग्रेसले केही समययता छानबिन समिति गठनको माग गरिरहेको छ । “प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसद्को यो गतिरोध अन्त्य गर्न म सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने । 

उनले ०४७ सालयताका भ्रष्टाचारको छानबिन गर्ने कुरामा सहमति जनाउँदै कारबाही गर्न आग्रह गरे । उनले बजेटमा उल्लेखित संसदीय पूर्वाधार विकास कार्यक्रम कहाँ गयो भनि प्रश्न गरे । उनले त्यो रकम जाजरकोट भूकम्पपीडितकोमा पुगेको सुनेको भन्दै त्यही शीर्षकको बजेट त्यहँ लैजानुपर्थ्यो भनि प्रश्न पनि गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu