site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवीन्द्र मिश्रले भने– आज ट्रेलर देखायौँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले मंगलबार आफूहरूले ‘ट्रेलर’ देखाएको बताएका छन् । थापाथलीमा आयोजित कोणसभामा उनले अब ‘फिल्म’ देखाउने बताए ।

“आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै देखाएका छौँ,” उनले भने, “फिल्म अब सुरु हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिश्रले प्रहरीले गरेको बल प्रयोगलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जोडे । लामिछाने सञ्चारकर्मी भएको भए आजको ‘दमन’ हेरेर गृहमन्त्रीलाई नालायक घोषणा गर्ने उनको भनाइ थियो ।

“सञ्चारकर्मी भएको भए रवि लामिछानेले ठूलो स्वरमा भन्नुहुने थियो– नालायक गृहमन्त्रीले मात्र यस्तो दमन गर्छ,” मिश्रले भने, “तर, उहाँ आफैँ गृहमन्त्रीको कुर्सीमा बसेर जनताको स्वतन्त्रतामाथि दमन हुँदै छ । उहाँ के भन्नुहुन्छ ?”

मिश्रले सम्बोधनको धेरैजसो समय प्रहरीका विषयमा खर्चिएका थिए । ३० हजार रुपैयाँ तलबमा खाने, लाउने, सन्तान पाल्ने, पढाउने अवस्था नभएको भन्दै उनले व्यवस्था बदल्ने अभियानमा साथ दिन आह्वान गरे ।

“तपाईंहरू (प्रहरी) हिजो माओवादी युद्धमा माओवादीसँग लड्नुभयो, अंगभंग भयो, ज्यान गुम्यो । कांग्रेस, एमालेले गरेको आन्दोलनमा लड्नुभयो, घाइते हुनुभयो । तपाईंहरूको अवस्था कहिले परिवर्तन हुन्छ ?,” मिश्रले भने, “अब नागरिक देशमा बस्न नसक्ने, देशप्रति आशा नजाग्ने यो व्यवस्था ढाल्न साथ दिनुहोस् ।”

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्