site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक अर्ब थपेर क्षमता विस्तार गर्दै ओम हस्पिटल, मल्टिस्पेसियालिटी सेवा दिने तयारी

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले झन्डै एक अर्ब रुपैयाँ थप लगानी गरेर क्षमता विस्तार गर्न लागेको छ । अस्पतालको क्षमता बढाएर ‘मल्टिस्पेसियालिटी’स्तरको बनाउन लागिएको अस्पतालका सञ्चालक बाबुकाजी कार्कीले बाह्रखरीलाई बताए । 

अस्पतालको बेड क्षमता बढाएर २०० पुर्‍याइने र अरू अत्याधुनिक सुविधा थप गर्ने योजना रहेको उनले सुनाए । अस्पताल हातास्थित ६ रोपनी जग्गामा नयाँ भवन बनाइनेछ । नयाँ पूर्वाधार निर्माणपछि अस्पताल १५ रोपनी क्षेत्रफलमा फैलनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओम हस्पिटलले हाल वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सुरु गरेको छ । ईआईएका निम्ति क्षेत्र निर्धारणको काम थालिएको अस्पतालले जनाएको छ । ईआईएका निम्ति ग्रीन ग्लोब इन्टरनेसनले परामर्शको काम गरिरहेको छ । 

०४६ सालमा ओम नर्सिङहोमका नामले काठमाडौंको कमलपोखरीबाट सेवा सुरु गरिएको थियो । सुरुमा ओम नर्सिङहोम आठ शय्या र तीन चिकित्सकबाट सञ्चालित थियो । ०५२ मा नर्सिङहोम ओम हस्पिटल एन्ड रिसर्च सेन्टरमा परिणत भएपछि सेवा र क्षमता दुवै विस्तार गरिएको थियो ।

यो अस्पताल काठमाडौं महानगरपालिका–७, चाबहिलमा छ । यसमा लगभग १०० परामर्शदाता चिकित्सक र ५०० भन्दा बढी कर्मचारी आबद्ध छन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्