-1712659207.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका क्रममा मंगलबार प्रहरीले बल प्रयोग गरेको छ । काठमाडौंको भद्रकालीमा निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गरिएको हो ।
त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।
राप्रपाले राजसंस्थाको पुनःस्थापना, हिन्दुराष्ट्र, संघीयताको खारेजीलगायत मागसहित प्रदर्शन गरेको हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्