site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'सहकारीका सञ्चालक भागेजस्तै जलविद्युत् व्यवसायी पनि भाग्ने अवस्था आउँदै छ'
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले आयोजना स्वीकृत दिने तर अर्को निकायले आयोजना खारेज गर्दा जलविद्युत्‌को विकास हुन नसक्ने बताएका छन् ।

सोमबार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया र दीर्घकालीन महत्त्व विषय अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष कार्कीले विद्युत् विकासका लागि विद्युत् उत्पादन प्रक्रियामा व्यवसायीहरूले खर्च गरिसकेपछि राष्ट्रिय निकुञ्जले रोक लगाउँदा व्यवसायी पलायन हुने अवस्था रहेको बताए ।

उनले विद्युत् बनाउन बाटो बनाएर, जग्गा खरिद गरेर व्यवसायीहरूले थालनी गरेपछि आयोजना बनाउन नपाउँदा व्यवसायीहरू पीडित रहेको बताए । अध्यक्ष कार्कीले राज्यको नीतिका कारण जलविद्युत् व्यवासायीहरू पनि अहिले सहकारीका सञ्चालक भागेजस्तै भाग्ने अवस्था रहेको बताए ।

"विद्युत विकासको लागि विद्युत् उत्पादन प्रक्रियामा केही खर्च भइसकेको हुन्छ । विद्युत् बनाउन बाटो बनाएर, जग्गा खरिद गरेका हुन्छौँ । तर, दुई वर्षपछि राष्ट्रिय निकुञ्जले यो क्षेत्रमा जलविद्युत् आयोजना बनाउन पाइँदैन भन्ने अवस्था छ । त्यस्तो हुँदा व्यवसायीहरूलाई कस्तो पीडा हुन्छ होला । व्यवसायीहरूले आफ्नोमात्रै लगानी गरेका हुँदैनौँ । त्यस्तो हुँदा अहिले सहकारी भागेजस्तो जलविद्युत् व्यवासायीहरू पनि भाग्ने अवस्था आउँदै छ," उनले भने ।

उनले ऊर्जा मन्त्रालय विद्युत् विकास गर्ने भनेर अघि बढ्ने तर सम्बन्धित निकायहरूबाट बाधाअड्चन हुँदा समस्या हुने बताए । उनले जलविद्युत् विकासका लागि ऊर्जा मन्त्रालय बलियो हुन आवश्यक रहेको बताए ।

अध्यक्ष कार्कीले निजी क्षेत्र सरकारले लिएको जलविद्युत् उत्पादनको लक्ष्यलाई सहयोग गर्न तयारको बताए । उनले निजी क्षेत्रले सहयोग गर्नका लागि राज्यले नीतिगत सुधार गर्न आवश्यक रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro