site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
क्यूएफएक्स चेनमा ‘द रेड सुटकेस’ प्रदर्शन नगर्ने निर्माण पक्षको घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘द रेड सुटकेस’ क्यूएफएक्स चेनमा प्रदर्शन नहुने भएको छ । क्यूएफएक्सले उचित 'सो' दिन नसकिने बताएपछि निर्माण पक्षले क्यूएफएक्स चेनमा चलचित्र प्रदर्शन नै नगर्ने घोषणा गरेको हो ।

चलचित्र ‘द रेड सुटकेस’ चैत ३० गते प्रदर्शन हुने तय भएको छ ।

Dabur Nepal
NIC Asia

"...तर, प्रदर्शनको संघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले भने  ‘द रेड सुटकेस’ लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुर्नविचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ," चलचित्रका निर्माता रामकृष्ण पोखरेलले आइतबार एक विज्ञप्तिमार्फत भनेका छन् ।

उनका अनुसार अन्य सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने छ ।

निर्माता पोखरेलले देशलाई चलचित्रको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने ‘द रेड सुटकेस’जस्ता चलचित्रमाथि नेपालमा व्यापारको नाममा हुने विभेद नयाँ नभएको पनि बताएका छन् । यसअघि पनि आफूहरूको निर्माण रहेको ‘ऐना झ्यालको पुतली’माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिङ नखोलिएको उनको गुनासो छ ।

"कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ । चाडपर्व र विदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य निर्माण गरिरहेका छन् । हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहान्छौँ," उनले भनेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro