site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भलिबल प्रतियोगिता गर्दै महांकाल गाउँपालिका
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशि पुरस्कारको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम वाग्मती प्रदेश अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो । जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीयस्तरमा प्रतियोगिताको संयोजनको गर्ने भएको छ ।

आउँदो वैशाख २२ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता विजेता टोलीले तीन लाख रुपैयाँ नगदसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले दुई लाख, तेस्रोले एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पाउने खेलकुद आयोजना संयोजक तथा महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले जानकारी दिइन् ।

Global Ime bank

वाग्मती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगितामा निमन्त्रणा गरिएको छ । खेल लिग कम नकआउटका आधारमा खेलाइनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !