site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकदिवसीय शृंखलाको उपाधि आयरल्यान्ड वुल्भ्सलाई, दोस्रो खेलमा नेपाल ६० रनमै अलआउट 
SkywellSkywell

काठमाडौं । खराब ब्याटिङले निरन्तरता पाउँदा एकदिवसीय शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड वुल्सविरुद्ध नेपाल ‘ए’ ११४ रनले पराजित भएको छ । यो जितसँगै वुल्भ्स तीन खेलको एकदिवसीय शृंखलामा अन्तिम खेलअगावै च्याम्पियन बनेको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ६० रनमै अलआउट भयो । नेपाललाई सस्तैमा समेट्न वुल्भ्सबाट घातक बलिङ गरेका म्याथ्यु हम्फ्रेसले ६ विकेट लिए । 

KFC Island Ad
NIC Asia

४.५ ओभर बलिङ गरेका हम्फ्रेसले एक मेडन राख्दै आठ रन खर्चिए । यसबाहेक, फियोन ह्यान्ड र थोमस मायेसले समान एक विकेट लिए । 

नेपालका भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाए । यसबाहेक, अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका तीन ब्याटर शून्यमा पभेलियन फर्किएका थिए । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो । वुल्भ्सका गाभिन होइले सर्वाधिक ५० रन रन बनाए । होइले ९४–७ को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै वुल्भ्सलाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । माकार्थीले ३५ रन थपे । यसबाहेक, कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे । 

नेपालका साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । 

यसअघि एकदिवसीय शृंखलाको पहिलो खेलमा वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । अब शृंखलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँगको खेलअघि वुल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । वुल्भ्स दुवै खेलमा पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro