site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शीर्ष स्थानमा उक्लियो लिभरपुल, चेल्सीको जितमा पाल्मेरको ह्याट्रिक

काठमाडौं । सेफिल्ड युनाइटेडविरुद्ध ३–१ को सहज जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार राति एन्फिल्डमा घरेलु टिमलाई जित दिलाउन डार्विन नुनेज, एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । सेफिल्डले भने लिभरपुलकै खेलाडीबाट आत्मघाती गोल उपहार पाएको थियो ।

खेलको १७औँ मिनेमा नुनेजले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले १–० को अग्रता बनाएको थियो । ५८औँ मिनेटमा घरेलु टिमका कोनोर ब्राड्लीबाट आत्मघाती गोल भएपछि सेफिल्ड १–१ को बराबरीमा फर्किएको थियो ।

Dabur Nepal
NIC Asia

७६औँ मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई २–१ को अग्रतामा राखे । खेलको अन्तिम मिनेटमा गाक्पोले गोल गरेपछि घरेलु टिमले ३–१ को जितसहित तीन अंक निश्चित गर्‍यो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३० खेलबाट ७० अंक जोडेको छ । दोस्रो स्थानको आर्सनलको भन्दा यो दुई र तेस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा तीन अंक धेरै हो ।

तालिकाको पुछारमा रहेको सेफिल्डको भने ३० खेलबाट १५ अंक छ । सेफिल्ड रेलिगेसन क्षेत्रभन्दा माथि रहेको नटिङ्घम फरेस्टभन्दा १० अंकले पछाडि छ ।

चेल्सी ४–३ म्यानचेस्टर युनाइटेड
बिहीबार राति नै भएको अर्को खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्यो ।

चेल्सीको जितमा कोल पाल्मेरले ह्याट्रिक गरे । कोनोर गालाघेरले एक गोल थपे । युनाइटेडका एलेसान्डर गार्नाचोले दुई र ब्रुनो फर्नान्डेजले एक गोल गरेका थिए ।

इन्ज्युरी समयसम्म ३–२ ले पछि रहे पनि चेल्सीले अन्तिम दुई मिनेटमा दुई गोल फर्काएपछि रोमाञ्चक जितसँगै युनाइटेडबाट तीन अंक खोसेको हो ।

जितसँगै २९ खेलबाट ४३ अंक जोडेको चेल्सी तालिकाको १०औँ स्थानमा छ । ३० खेलबाट ४८ अंकको युनाइटेड छैटौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro