site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयतामा नेपाल तीन स्थान खस्कियो
फाइल तस्बिर ।

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाली फुटबल टिम तीन स्थान घटुवामा परेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको वरीयताअनुसार नेपाल हाल १७८औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । 

फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणका खेलमा खराब नतिजा निकालेपछि नेपाल घटुवामा परेको हो । छनोटको दोस्रो चरणमा समूह ‘एच’ मा रहेको नेपालले ‘फेब्रुअरी विन्डो’मा बहराइनसँग दुई खेल खेलेको थियो । नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रंगशाला खेल्न योग्य नभएपछि ‘होम र अवे’ दुवै खेल बहराइनमै खेलेको नेपालले पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० को हार बेहोरेको थियो । 

Dabur Nepal
NIC Asia

वरीयताको दक्षिण एसिया (साफ)मा भारत शीर्ष स्थानमा छ । तर, ‘फेब्रुअरी विन्डो’ मा भारतको प्रदर्शन पनि निराशजनक भएपछि सुनिल क्षेत्रीको कप्तानीमा रहेको टिम चार स्थान खस्किएको छ । भारतले विश्वकप छनोटको दोस्रो चरणमा अफगानिस्तानविरुद्ध पहिलो खेल बराबरी खेल्दा दोस्रोमा भने २–१ को हार बेहोरेको थियो । 

यसअघि ११७औँ स्थानमा रहेको भारत हाल १२१औँ स्थानमा झरेको छ । यस्तै, साफको दोस्रो स्थानमा रहेको माल्दिभ्स १६१औँ स्थानमा छ । चौथो स्थानको बंगलादेश १८४औँ, पाँचौँ स्थानको भुटान १८५औँ, छैटौँ स्थानको पाकिस्तान १९५औँ र सातौँ स्थानको श्रीलंका २०४औँ स्थानमा छ । 

विश्व वरीयतामा भने विश्वकप विजेता अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा बेल्जियम, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro