site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साई स्वागत सहकारीमा काठमाडौं महानगरको छापा

काठमाडौं । काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा छापा मारेको छ ।

बचतकर्ताले उजुरी दिएपछि बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेर कागजातहरू ल्याएको छ । बिजुलीबजारमा रहेको सहकारीको कार्यालयमा नगर प्रहरीसहितको टोलीले सहकारीको माइन्युट, ऋणीको विवरणसहितका कागजात ल्याएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पत्नी पौडेल साई स्वागत सहकारीकी सेयर सदस्य हुन् । यसैबीच काठमाडौं महानगरपालिका सहकारी विभागले साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा २०८० असार ९ गतेदेखि निकिता पौडेलको संलग्नता नरहेको स्पष्ट पारेको थियो ।

विभागीय प्रमुख बलराम त्रिपाठीले जानकारी गराइएको सम्बन्धमा पत्र लेख्दै असार ९ पछि पौडेलको कुनै संलग्नता नरहेको खुलाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २१:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro