site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक लाखभन्दा बढी नेपाली भाषीलाई देशबाट निकाल्ने भुटानको ‘स्थिरता र खुसी’ अनुकरणीय !
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले भुटानको ‘स्थिरता र खुसी’ अनुकरणीय भएको बताएकी छन् । एक लाखभन्दा बढी नेपाली भाषीलाई देशबाट निकालेर भुटानले प्राप्त गरेको स्थिरता र खुसीको विश्वमा आलोचना हुने गरे पनि भट्टराईले भने प्रशंसा गरेकी हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को प्रावधानमाथिको छलफलका क्रममा उनले भुटानको स्थिरता र खुसीबाट नेपालले सिक्नुपर्ने बताइन् ।

“मलाई के लाग्छ भने राष्ट्रिय हित र आजको विश्व वर्गसंरचना र बिम्स्टेकमा रहिसकेपछि हामीले प्राप्त गर्ने आर्थिक कोष अनि भुटानको स्थिरता र खुसी यीचाहिँ फेरि यो क्षेत्रको सकारात्मक अभ्यासहरू हुन् । यसलाई हामीले सिकेर अवलम्बन गर्न सक्यौँ भने यो बडापत्रको अनुमोदनलाई भोलिका दिनमा हाम्रो राष्ट्रिय लाभसँग जोड्न सकिन्छ,” उनले भनिन् ।

उनले बिम्स्टेकमा केही चुनौती रहेको बताइन् । खासगरी दक्षिण एसिया र पूर्वी एसिया अहिले पनि हिंसा र द्वन्द्वको जोखिम रहेको उनले जनाइन् । “राजनीतिक अस्थिरता र जटिलता आज पनि यो क्षेत्रको समस्या हो भन्ने कुरालाई हामीले मध्यनजर गर्नु जरुरी छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro