site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाउपा कुटपिट प्रकरणबारे रेशम भन्छन्– असुरक्षित त हामी छौँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सरकारका जाने कि नजाने विषयमा पार्टीमा विवाद भएको बताएका छन् । आज बिहान बसेको केन्द्रीय समिति बैठकमा भएको विवादबारे भ्रामक प्रचार भएको उनको दाबी छ ।

यसअघि केन्द्रीय समिति सदस्य रमेश विश्वकर्माले आफूलाई चौधरीको निर्देशनमा कुटपिट भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

“यस्तो भ्रामक कुरा बोल्नुनपर्ने । पार्टीको मिटिङमा त अरू साथीहरू पनि थिए । उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथी पनि पार्टीको मिटिङमा थिए । नभएको कुरा गर्नुहुँदैन भनेर स्टाटस लेखेको हो,” उनले भने ।

चौधरीले केन्द्रीय कमिटी बैठकमा सरकारमा जाने/नजाने विषयमा विवाद भएको स्वीकार गरे ।

“केन्द्रीय कमिटी बैठक थियो, सरकारमा जाने/नजाने सम्बन्धमा वादविवाद भएको हो । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आफ्नो हैसियत खोज्नुभएकै हो । त्यसमक्रममा विवाद भएकै हो,” उनले भने ।

केन्द्रीय सदस्य विश्वकर्माले चौधरीबाट आफूलाई ज्यान मार्ने धम्की आएको आरोप लगाएका थिए । तर चौधरीले आफूहरू चाहिँ असुरक्षित भएको बताए ।

“असुरक्षित त हामी छौँ । धम्की दिएर उहाँहरू जानुभएको छ,” उनले भने । 

त्यस्तै, नेत्री दुर्गा पन्तले भने महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय सदस्यलाई वैधानिक नभएको बताएकाले विवाद भएको बताइन् । उनले अर्को समूहले 'सुटर' ल्याउने भन्दै धम्की दिएको समेत बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro