site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयरल्यान्ड वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारी आउट

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ले कप्तान विनोद भण्डारीलाई गुमाएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४.५ ओभरमा कप्तान भण्डारीलाई गुमाएको हो । उनले नेपाली टिमको खातामा ११ रन थपे ।

जारी खेलको पाँच ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर ३५ रन बनाएको छ ।

यसअघिका दुई खेलमा घरेलु टिमलाई हराउँदै वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ । आजको खेलमा पनि जित निकाले वुल्भ्सले नेपाल ‘ए’विरुद्धको ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्वीप’ गर्नेछ । विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ भने जितसहित शृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला आउँदो बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो म्याच आइतबार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro