site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र सुधार गर्न ५०० र हजारको नोटबन्दी गरियोस् : सांसद चौधरी
फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले पाँच सय र हजारको नोटबन्दी गर्नुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशमा अर्थतन्त्र बिग्रेको र यसलाई सुधार गर्ने भए नोटबन्दी गर्नै पर्ने धारणा राखे । 

उनले नेपालको केही प्रतिशत व्यक्तिले बोरा, ट्यांकी, गाउँ र सहरमा लुकाएर राखेको भन्दै नोटबन्दीको विषय उठान गरे । “पैसा केही प्रतिशत माछेले बोरामा, ट्यांकीमा, सहर र गाउँघरमा लुकाएको हुनाले हजार र पाँच सयको नोट तुरुन्त सरकारले बन्दी गर्नुपर्छ । यदि नेपालको भलो र विकास चाहिने भए, आर्थिक अवस्था चलयमान र सुधार गर्न चाहन्छ भने तुरुन्त नोटबन्दी गर्नुपर्छ,” उनले भने । 

सांसद चौधरीले देशको अर्थव्यवस्थामा पैसा कहाँ गयो के भयो भन्ने जनताको प्रश्न रहेको बताए । व्यापार व्यवसाय गर्न गाह्रो भएको सटर बन्द गरेर मानिसहरू पलायन भएको भन्दै उनले नोटबन्दी तुरुन्त गरेर विकल्प दिन अनुरोध गरे । “नयाँ १५ सय, दुई हजार वा २५ सयको नयाँ नोट छाप्नुपर्छ । यसको विकल्प छैन यो नगरी देशको हालत सुध्रने छैन । नोट बन्दी गरियोस्,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro