site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रको निर्देशनपछि एकीकृत समाजवादीले वाग्मतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा विश्वासको मत दिने भएको छ । यथास्थितिमा विश्वासको पक्षमा नउभिने बताउँदै आएको एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो । 

“केन्द्रबाट विश्वासको मत दिन निर्देशन आएको छ । शीर्ष नेताहरूबीच भएको सहमतिबारे भने जानकारी छैन । विश्वासको मत दिन्छौँ,” प्रदेशका श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बाह्रखरीसँग भने । 

एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । उसले वाग्मतीको मुख्यमन्त्रीमा दाबी गरेको थियो । नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् । 

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् ।

Global Ime bank

मुख्यमन्त्री जम्कट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu