site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
इमेलमा क्रान्ति ल्याउने जिमेल २० वर्ष पूरा, मानिसले सोचेका थिए ‘अप्रिल फुल’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गुगलका सहसंस्थापकद्वय ल्यारी पेज र सर्गेई ब्रिनले अप्रिल फुल (अप्रिल १ तारिख) केही न केही ठट्टा गर्थे । अप्रिल फुलकै दिन एकपटक गुगलले चन्द्रमामा कोपर्निकस अनुसन्धान केन्द्रका निम्ति जागिर खोलेको जनाएको थियो ।

एक अर्काे वर्ष कम्पनीले आफ्नो गुगल सर्च इन्जिनमा ‘स्र्क्याच एन्ड स्निफ’ फिचर ल्याउने भनेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हँस्सीमजाक गर्ने कम्पनीका संस्थापकले २० वर्षअघि अप्रिल १ तारिखका दिन अरूले नपत्याउने गरी जिमेल सार्वजनिक गरेका थिए । २० वर्षअघि प्रत्येक अकाउन्टलाई एक गिगाबाइट (जीबी) स्टोरेज दिने निःशुल्क सेवा अविश्वसनीयजस्तै थियो ।

त्यति बेला इमेल सेवा दिइरहेका याहु र माइक्रोसफ्टले ३० देखि ६० इमेल मात्र निःशुल्क दिइरहेका थिए । गुगलले भने जिमेलमा लगभग १३ हजार ५०० इमेल भन्डारण गर्न सकिने निःशुल्क स्टोरेज दिएको थियो ।

Global Ime bank

यहाँसम्मकी त्यति बेला अर्थात् सन् २००४ को अप्रिल फुलमा एसोसिएटेड प्रेसले यसबारे समाचार प्रकाशित गर्दा पाठकले समाचार एजेन्सी गुगलको ठट्टामा परेको टिप्पणी गरेका थिए ।

गुगलसँगै जिमेलले अहिले ठूलो बजार लिएको छ । विश्वभर यसका एक अर्ब ८० करोड सक्रिय प्रयोगकर्ता छन् ।

गुगलले अहिले जिमेलमा १५ जीबीसम्म निःशुल्क स्टोरेज दिन्छ । जिमेलसँगै गुगल फोटोज र गुगल ड्राइभ पनि यसका महत्त्वपूर्ण सेवा हुन् । जिमेलपछि गुगल म्याप र गुगल डकले पनि निकै धेरै प्रयोगकर्ता पाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय