site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरबाट ३५ थान अवैध मोबाइलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले अवैधरूपमा भित्रिएका ३५ थान मोबाइल फोन बरामद गरेको छ । ललितपुर बालकुमारीबाट विभिन्न ब्रान्डका मोबाइलसहित रामेछाप खाँडादेवी गाउँपालिका–२ का २२ वर्षीय सरोज योञ्जन पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्ल नेतृत्वको टोलीले विशेष सूचनाको आधारमा मोबाइल बरामद गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नकुल पोखरेलका अनुसार मोबाइलको बजार मूल्य १५ लाखभन्दा बढी छ । बरामद मोबाइलमा एप्पलको आइफोन समेत रहेको छ । बरामद मोबाइल राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

डीएसपी मल्ल नेतृत्वको टोलीले केही समयअघि चोरीका दर्जनौँ महँगा कारसमेत नियन्त्रणमा लिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro