site stats
बाह्रखरी :: Baahrakhari
देश
लागुऔषध लुटपाट गर्न ट्याक्सी चालकमाथि कुटपिट, दुईजना पक्राउ

काठमाडौं । लागुऔषध लुटपाट गर्ने योजना बनाएका युवाले ट्याक्सी चालकमाथि कुटपिट र लुटपाट गरेका छन् । लुटपाट गर्ने सो समूह पक्राउ परेसँगै उक्त योजना सार्वजनिक भएको हो ।

सो समूहलाई काठमाडौं प्रहरीको विशेष टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौंकै तारकेश्वर नगरपालिकाका २७ वर्षीय प्रशान्तजंग कार्की र बूढानीलकण्ठ नगरपालिकाका ३४ वर्षीय राजु गुरुङ छन् । ट्याक्सी चालकसँग लागुऔषध रहेको सूचनाका आधारमा लुटपाट गरेको उनीहरूले प्रहरीसँग बताएका छन् ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीका अनुसार, गएको मंगलबार राति १० बजे बूढानीलकण्ठ–१२, कपन दुर्गा मन्दिरनजिक बा२ज ३५९८ नम्बरका ट्याक्सी चालकलाई रोकेर उनीहरूले लुटपाट गरेका थिए ।

उनीहरूले चालकको साथबाट मोबाइल, १८ हजार रुपैयाँ, ट्याक्सीको ब्लु बुक र ल्यापटप लुटेका थिए । शुक्रबार साँझ प्रहरीले उनीहरूलार्ई वसुन्धाराबाट पक्राउ गरेको हो । उनीहरूका साथबाट प्रहरीले ट्याक्सी चालकको मोबाइल फेलापारेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्