site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘नेपाली प्रतिनिधि नियात्रा’ लोकार्पित 

काठमाडौं । नेपाली साहित्यमा लोकप्रिय बन्दै गएको नियात्रा विधाको एक ऐतिहासिक कृति ‘नेपाली प्रतिनिधि नियात्रा’ सार्वजनिक भएको छ । ऐतिहासिक एवम् मौलिक पृष्ठभूमिका सिर्जना समेत समेटिएका नियात्रामा अग्रजदेखि अनुज पुस्ता समेटिएको छ ।

विमोचनको नियमितभन्दा पृथक शैलीले पाठकमाझ ल्याइएको कृतिका विषयमा सरकारका प्रशासकहरूले खुलेर प्रशंसा गरे । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयकोे सहयोगमा कृति तयार भएको सन्दर्भ जोड्दै प्रमुख अतिथि मुख्य सचिव डा. वैकुण्ठ अर्यालले सरकारले साहित्यको मर्म बुझ्नु पर्ने बताए ।

Dabur Nepal
NIC Asia

स्रष्टा हुनलाई सृष्टि गर्ने सामथ्र्य हुनुपर्ने तर्क गर्दै उनले त्यो क्षमता जोकोहीमा नहुने उनको भनाई रह्यो । नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले सरकारले गर्न नसकेको काम स्रष्टाले गर्ने हुँदा सरकारले स्रष्टाको संरक्षण गर्नुपर्ने धारणा राखे । 

कार्यक्रममा तारानाथ शर्मा नियात्रा सम्मान सुब सेन र महेश्वर न्यौपानेलाई समर्पण गरिएको थियो । ‘नियात्रा समाज नेपाल’ले प्रकाशनमा ल्याएको ८३९ पृष्ठको यो कृतिको मूल्य दुई हजार रुपैयाँ राखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro