site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चल्यो : सांसद पन्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले २० हजार ट्रकले काम नपाउँदा पनि सरकार मौन रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले ट्रकसँग आबद्ध ८० हजारभन्दा बढी कामदारले काम पाउन छाडेको बताए ।

नेपालमा भारतीय ट्रकको ‘सिन्डिकेट’ चलेको उनको जिकिर छ । भारतमा नेपाली ट्रकले निर्बाध अनुमति नपाउने उनले उल्लेख गरे । नेपालमा भारतीय ट्रकलाई अनुमति दिनु कति उपयुक्त हो भनी उनले प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो देशभित्र आउँदा भारतीय ट्रक ७२ घण्टा बस्न पाउँछन । तीन दिनमा यहाँ आउने मात्रै होइन, समान लोड गरेर भारत पठाउन थाले । सरकारले समात्यो भने तुरुन्त दूतावासको फोन आउँछ र छुटाउँछ,” उनले भने ।

उनले नेपाली ट्रकले ढुवानीमा सरकारलाई भ्याट बुझाउने गरेको बताए । भारतीय ट्रकले नेपाल प्रवेश गर्दा ट्याक्स नतिरेको उनले उल्लेख गरे । भारतीय ट्रकले नियम उल्लंघन गर्दा पनि प्रहरी प्रशासनले नदेखेजस्तो गरेको उनले आरोप लगाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement