राजनीति
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र नियमित संसद् सञ्चालनका विषयमा ‘सकारात्मक’ छलफल भएको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युुनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो ।
संसद्लाई ‘बिजनेस’ दिने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने विषयमा समेत नेताहरूबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० २२:००
प्रतिक्रिया दिनुहोस्