site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखले बोलाएको बैठकमा मुख्य दलका सचेतकहरूले के भने ?
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिकाअनुसार संसद्को काम सहज रूपमा अघि बढ्ने वातावरण बनाउन दलहसँग आग्रह गरेका छन् । शनिबार सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्दै सदनको अवरोध हटाएर नयाँ कार्यतालिकाअनुसार सदनलाई सहज रूपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरेका हुन् । 

छलफलपछि कांग्रेस सचेतक सुशीला थिङले चैत १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइन् । राजनीतिक दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उनको भनाइ छ । 

उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका विषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुग्ने जानकारी दिइन् । 

गृहमन्त्रीमा बारेमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेलगायत विषयमा छलफल भएको बताए । 

एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रूपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताए । बर्तौलाले कांग्रेसले उठाएको विषयमा प्रधानमन्त्री जवाफ दिइसकेकाले राजनीतिक पूर्वाग्रह राख्न नहुने धारणा राखे । 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको विषयमा उठेका विषयको जवाफ सम्बन्धित व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro