site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि छविरमणको ‘डोरम्याट’ कविताकृति सार्वजनिक 

काठमाडौं । कवि साहित्यकार छविरमण सिलवालको अर्को कविताकृति 'डोरम्याट' एक समारोहकाबीच लोकार्पण गरिएको छ । कवि साहित्यकारहरू दिनेश अधिकारी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि सिलवाल तथा उपस्थित सम्पूर्ण पाहुनाहरूले उक्त कृति सार्वजनिक गरे ।

शुक्रबार शिल्पी थिएटरमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा कवि दिनेश अधिकारीले सिलवाललाई शुभकामना दिँदै छविका कवितामा सरल शब्दमा गम्भीर भावअभिव्यक्ति प्रस्तुत हुने गरेको बताए । उनले आफू पनि कवितामा सरल भाषाको पक्षपाति रहेको बताउँदै छविको लेखनीको प्रसंशा गरे । 

प्रा.डा. लक्ष्मणप्रसाद गौतमले छविको नवकृति ‘डोरम्याट’मा गम्भीर प्रकृतिका शक्तिशाली कविताहरू संगृहित रहेको बताए ।

प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुलीले पठन संस्कृतिको विकासमा नेपाल सरकारको ध्यान जान नसकेको विषयमा बोले । साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ‘डोरम्याट’ नेपाली कवितामा विशेष रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा छविरमणको ‘डोरम्याट’बाट कृतिकारका समकालीन मित्र कविहरू अनन्तप्रसाद वाग्ले, रमेश सागर, मणि लोहनी, प्रोल्लास सिन्धुलीय, आरएम डंगोल, डा. टंक उप्रेती, ठाकुर बेलवासेलगायतले कविता वाचन गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro