site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी, पदाधिकारीमा खगराज समूहको 'क्लिन स्विप'

पोखरा । कास्की एमालेको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । उनी निवर्तमान सचिवसमेत हुन् । क्षेत्री ५५१ मत ल्याएर विजयी भए । क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका उमेदवार हुन् ।

अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । क्षेत्री २०४ मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन् । अध्यक्षका अर्का  प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए । 

पदाधिकारीमा खगराज समूहले 'क्लिन स्विप' नै गरेको छ । उपाध्यक्षमा भेषराज बराल ५२७ मत, सचिवमा दर्शन लामा ५९५ मत, उपसचिवमा लालबहादुर परियार ५८१ मत र सन्तु सुवेदी ५१० मत ल्याएर विजयी भएका छन् । यी सबै अधिकारी समूहका उमेदवार हुन् ।

पृथ्वीसुब्बा समूहबाट उपाध्यक्षका उमेदवार शिव आचार्यले ३८८ मत, सचिव सुरेन्द्र गुरुङले ३२० मत, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे ।

सदस्यमा पनि अधिकांश खगराज समूहकै बढी निर्वाचित भएको निर्वाचन कमिटी संयोजक भगवती पहारीले जानकारी दिइन् ।

 

विद्युतीय मतदान भने पनी ९३५ मतदातामध्ये सहभागी ९१४ मतदातालाई मतदान गर्न २० घण्टा लागेको थियो ।

एमाले कास्कीको ११औँ अधिवेशनमा गत शनिबारदेखि सुरु भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro