site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीको अनुसन्धान नसकिँदासम्म गृहमन्त्री लामिछाने पदबाहिर बस्नुपर्छ ः सांसद बडू

काठमाडौं । सुन तस्करी प्रकरणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसदले माग गरेका छन् । 

बुधबारको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद दिलेन्द्र बडूले सुन तस्करीबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै आयोगले तयार पारेको रिपोर्ट सार्वजनिक गर्दा आमनागरिकले थाहा पाउने बताए ।
उनले सहकारी प्रकरणमा मुछिएका आरोपीहरू अझै पक्राउ नपर्नुले भूमिका शंकास्पद भएको प्रश्न गरेका छन् । “पोखराको सूर्यदर्शन सहकारीको रकम कसरी ग्यालेक्सी टेलिभिजनका आयो ?,” उनले प्रश्न गरे । 

त्यस्तै, लामिछानेको नाममा एक करोड रुपैयाँ कसरी जम्मा भयो ? भन्दै प्रश्न गरेका छन् । त्यसको अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले पदबाहिर बसेर सहयोग गर्न समेत आग्रह गरे । 

त्यस्तै, बाँसबारी छालाजुत्ता प्रकरणमा जोडिएका सांसद विनोद चौधरीको बयानबारे शंकास्पद तरिकाले गृह प्रशासनले व्यवहार गरेको आरोप लगाए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro