site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा रहेका करिब २८ सयले लिए एक वर्षमा टेलिमेडिसिन सेवा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । वैदेशिक रोजगार बोर्डले सञ्चालनमा ल्याएको टेलिमेडिसिन सेवाबाट एक वर्षमा झन्डै २८ सय श्रमिक लाभान्वित भएका छन् । बोर्डले ०७९ चैत १५ गतेदेखि यो सेवा सुरु गरेको थियो । ०८० फागुन अन्तिमसम्म दुई हजार ७८४ जनाले सेवा लिएका बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकानुसार, १८ देशमा रोजगारीका निम्ति पुगेका मध्ये सबैभन्दा धेरै मलेसियामा रहेका नेपालीले सेवा लिएका छन् । मलेसियामा रहेका ६६९ जनाले एक वर्षमा यो सेवा लिएका हुन् ।

यस्तै, टेलिमेडिसिन सेवा धेरै लिनेमा साउदी अरब, कतार, कुवेत, यूएईलगायत मुलुकमा रहेका नेपाली छन् ।

बोर्डले वीर अस्पतालको सहकार्यमा ती मुलुकमा फोन र भिडियोमार्फत परामर्श, औषधि र उपचार सेवा दिँदै आएको छ । एक वर्षमा सबैभन्दा धेरै ७१२ पटक मेडिसिन सेवा दिइएको छ ।

शल्यक्रिया, हड्डीसँग सम्बन्धित समस्या, नाक, कान, घाँटी, मानसिक समस्यालगायत सेवा दिइएको बोर्डले जनाएको छ । बोर्डले टेलिमेडिसिन सेवाका निम्ति मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ मा रहेको भाइबर, हवाट्सएपलगायत सामाजिक सञ्जालको व्यवस्था गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro