खेल
काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले सातौँ सफलता दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालका निम्ति भुर्तेलले १५.१ ओभरमा आयरल्यान्ड वुल्भ्सका ग्यारेथ फियोन ह्यान्डलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए ।
जारी खेलको १५.१ ओभर सकिँदा आयरल्यान्ड वुल्भ्सले सात विकेट गुमाएर ८४ रन बनाएको छ ।
नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । सुरुका दुई ट्वान्टी–२० रोहितकुमार पौडेल नेतृत्वको नेपाली सिनियर टिमले खेल्नेछ । बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १४:१९
प्रतिक्रिया दिनुहोस्