site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचनमा पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको छ : नेपाल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको बताएका छन् । 

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए । 

Dabur Nepal
NIC Asia

उनले इलाममा उमेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उमेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्र्वाचनमा उमेदवार उठाउने जानकारी गराएको उनले बताए ।

त्यस्तै, अध्यक्ष नेपालले राजनीतिक स्थायित्व, गलत प्रवृति, संविधानको रक्षा गर्ने काममा पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपालका सबै कम्युनिष्टहरू एकताबद्ध हुनुपर्ने भए पनि त्यसका लागि परिस्थिति अनुकूल बन्नुपर्ने जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu