site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्थानको विजयी सुरुआत, लखनउ २० रनले पराजित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । आइतबारको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सविरुद्ध २० रनको रोमाञ्चक जित निकाल्दै आईपीएलको १७औँ संस्करणमा विजयी सुरुआत गरेको हो । 

सवाई मानसिंह रंगशाला जयपुरमा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो । 

लखनउका निकालेस पुरनले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान केएल राहुलले ५८ रन थपे । यसबाहेक, दीपक हुडाले २६ रन थप्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

राजस्थानका ट्रेन्ट बोल्टले दुई विकेट लिए । नान्द्रे बर्गर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो । राजस्थानका कप्तान सञ्जु सामसनले ८२ रन बनाए । उनले ५२ बलमा तीन चौका र ६ छक्का प्रहार गरे । रियान परागले ४३ रन थपे । यशस्वी जयशवालले २४ र ध्रुव जुरेलले २० रन थपे । 

नविन उल–हकले दुई विकेट लिए । मोहसिन खान र रवि विस्नोइले समान एक विकेट लिए ।

जितसँगै दुई अंक जोडेको राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको लखनउ तालिकाको आठौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro