site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डलरको विकल्पमा सुन थुपार्ने बढे : नेपालमा एक वर्षमै तोलामा २२ हजारले महँगियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । छापावाल सुन अहिले हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । गएको बिहीबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य नेपाली इतिहासमा हालसम्मकै उच्च हो ।

गत वर्ष चैतमा छापावाल सुन प्रतितोला एक लाख पाँच हजार रुपैयाँमा कारोबार भएको थियो । यो सुनको मूल्यले गएको जेठमा प्रतितोला एक लाख १३ हजार रुपैयाँ पार गरेर नयाँ रेकर्ड बनाएको थियो । कात्तिकमा प्रतितोला एक लाख १७ हजार, मंसिरमा एक लाख २१ हजार, पुसमा एक लाख २२ हजार र फागुनमा एक लाख २६ हजार रुपैयाँ पार गरेर नयाँ रेकर्ड राखेको थियो । चैतमा प्रतितोला एक लाख २७ हजार रुपैयाँ पार गरेर छापावाल सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । गत वर्षको चैतयता सुनको मूल्य प्रतितोला २२ हजार १०० रुपैयाँले महँगिएको छ ।

g3-1711277851.png
गएको शुक्रबार भने सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर एक लाख २६ हजार ५०० मा कारोबार भएको थियो । आइतबार (आज) शुक्रबारकै मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज महासंघको कार्यालय बिदा भएर विवरण प्रकाशन गर्न सकेनौँ । तर, हामीले गत शुक्रबारकै मूल्यमा सुनचाँदी खरिद–बिक्री गरिरहेका छौँ,” उनले बाह्रखरीसित भने, “अन्तर्राष्ट्रिय बजारमा पनि केही घटेको छ । त्यहीअनुसार नै नेपालमा पनि मूल्य निर्धारण हुन्छ ।”

g1-1711277732.png
केही दिनभित्र सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ हाराहारीसम्म पुग्न सक्ने महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको आकलन छ । “डलरप्रतिको विश्वास अलिकति कम भएको जस्तो देखिएको छ । डलरको भाउ जति बढ्यो, सुनको भाउ घट्दै जान्छ,” पूर्वअध्यक्ष शाक्यले भने, “मान्छेले कि त डरलमा लगानी गर्छन् कि त सुनमा लगानी गर्छन् । डलरको मूल्य अहिले त्यति मजबुत हुन सकेन । डलरको विकल्पमा पनि सुन खरिद गरेर राख्ने बढेकाले सुनको भाउ बढेको बढ्यै छ ।”

Global Ime bank

अमेरिकाको केन्द्रीय बैंकले समेत ‘रिजर्भ’का रूपमा सुन राख्न थालेपछि यसको मूल्य बढ्दै गएको उनी बताउँछन् । महँगी बढ्दा पनि सुनको मूल्यमा प्रभाव परेको शाक्यले सुनाए । “सुनको मूल्य एक लाख ३० हजार छिट्टै होलाजस्तो लाग्छ । विश्वबजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि बढ्दै जान्छ,” उनले भने ।

g2-1711277776.png
बजारमा माग भने दैनिक घट्दै गएको उनले जानकारी दिए । सरकारले तोकेको कोटाले नै माग धानेको उनी स्पष्ट पार्छन् । विगतका वर्षहरूमा फागुन महिनामा दैनिक ४०/५० केजी सुनको माग हुने गरेको थियो । तर, यो वर्षको फागुनमा २० केजी नै पर्याप्त भएको शाक्य बताउँछन् ।

दैनिक २० केजीसम्म आयात गर्न पाउने गरी नेपाल राष्ट्र बैंकले सुनको कोटा तोकेको छ । सुनको भाउ बढ्दै जाँदा त्यसको नकारात्मक असर व्यवसायमा पनि पर्ने गरेको उनले उल्लेख गरे ।

सुनको मूल्य अत्यधिक वृद्धि भएकाले बिक्री कम हुँदै गएको छ । ०७८ सालभन्दा ०७९ मा कम, त्योभन्दा ०८० मा झनै कम माग हुँदै भएको उनी बताउँछन् । यसैगरी सुनको भाउ बढ्दै गए आउँदो वर्ष माग झन् कम हुँदै जाने उनको भनाइ छ ।

g4-1711278093.png

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !