site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मापसे गरेर कार चलाएका थिए ‘कमेडी च्याम्पियन’का निर्देशक भण्डारीले
विशाल भण्डारी । तस्बिर : फेसबुकबाट ।

काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले मादकपदार्थ सेवन गरेर कार चलाउँदा दुर्घटना भएको खुलेको छ । गएको शुक्रबार बिहान भण्डारीले चलाएको वाग्मती प्रदेश ०१–०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई भक्तपुरको सूर्यविनायकमा एउटा टिपरसँग ठोक्किएको थियो ।

दुर्घटनामा परी कारमा सवार ६ जना घाइते भएका थिए । उनीहरू नगरकोटबाट काठमाडौं फर्कंदै थिए । भण्डारीले मापसे गरेर कार चलाउँदा दुर्घटना भएको अनुसन्धानका क्रममा खुलेको भक्तपुर प्रहरीका डीएसपी वसन्त पाठकले बाह्रखरीलाई जानकारी दिए ।

दुर्घटनामा सामान्य घाइते भएका भण्डारी र पुजन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, शनिबार साँझ उनीहरूलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । घाइतेको उपचार खर्च व्यहोर्ने सहमतिपछि उनलाई प्रहरीले छाडेको हो ।

टिपरसँग ठोक्किँदा कारमा सवार सुशान्त बस्याल गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

कारमा सवार अरू रजनेश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सामान्य घाइते भएका थिए । भण्डारी र अधिकारीबाहेक चार घाइतेको उपचार जारी छ । भक्तपुरकै मध्यपुर थिमि अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro