site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालनको माग

बागलुङ । विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङलगायत जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । नियमितरुपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका थिए । बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो । 

विसं २०४८ मा बागलुङ सडक सञ्जालसँग जोडियो । त्यसलगत्तै बलेवा विमानस्थलमा जहाड उड्न छाडे । २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ पालिकाको पहलमा २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आयो । तर त्यसले निरन्तरता पाउन सकेन । नौ महिनापछि धावनमार्ग कच्ची भएको कारण देखाएर विमानस्थलमा जहाड उडान बन्द भयो ।  

Dabur Nepal
NIC Asia

विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको सात करोडको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरियो । कालोपत्रे गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन् । बागलुङ नगरपालिका–१४ का सुरेन्द्र थापाले विमानस्थल सञ्चालनका लागि सरोकारवालाले ध्यान नदिएको गुनासो गरे ।  

“हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए । पसिना बगाएर विमानस्थल निर्माण गरे । तर हवाईसेवा ठप्प छ”, उनले भने ।  

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर छेउमै रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । 

बागलुङ बजारदेखि बलेवा विमानस्थल पुग्न १२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थल सञ्चालन गर्न कालीगण्डकी करिडोर कालोपत्रे हुनुपर्ने बताए । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत, म्याग्दीलगायत स्थानीयलाई सहज हुने र धौलागिरी क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने स्थानीयको विश्वास छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro