site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले कार्यकर्तालाई भने– काठमाडौंलाई सपार्ने कि बिगार्ने तपाईंको हातमा छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ०७९ को निर्वाचनमा काठमाडौंमा गरेको ठूला कामका प्रचार नगरेकाले पराजित भएको बताएका छन् । बुधबार काठमाडौं एमाले जिल्ला कमिटीको कार्यकर्ता भेलामा उनले ०४८ को चुनावमा नै पाँचमध्ये चार वटा निर्वाचन क्षेत्रमा जितेको एमालेको पराजय स्वीकार्य नहुने बताए । 

“पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्याैं । १० निर्वाचन क्षेत्रमध्ये एउटा मुस्किलले जितियो । यस अवस्थालाई बदल्नैपर्छ । काठमाडौंमा यस्तो खालको पराजय स्वीकार्य हुन सक्दैन,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिलेको अवस्थालाई आगामी निर्वाचनमा ९० प्रतिशतसम्म उल्ट्याउनुपर्ने बताए । हामीले काम गर्यौं प्रचार गरेनौँ, अरुले काम नै नगरी प्रचार बढी गरेको उनले बताए । 

“काठमाडौंमा हामी किन हार्यौं भने के काम गर्याैं भन्ने प्रचार नै गरेनौँ । अरुले केही काम गर्दैनन्,” ओलीले भने, “हामीले ठूला ठूला काम गर्यौं ।” उनले फेसबुकमा काम न काजका स्ट्याटस लेख्ने गरेको भन्दै आक्रोश पोखे । साथीभाइसँग चित्त नबुझे सुइरो बनाएर घोच्ने स्टाटस लेख्ने गरेको भन्दै कटाक्ष गरे । 

Global Ime bank

राजधानी सपार्ने कि बिगार्ने भन्ने कुरा काठमाडौंका नेता कार्यकर्तामा निर्भरता हुने बताए । “तपाईंहरू राजधानीका अगुवा । राजधानीका नेता हुनुहुन्छ । राजधानी सपार्ने कि बिगार्ने तपाईंको हातमा छ,” उनले भने । उनले कार्यकर्तामा अहंकार भन्ने चिज रहन नदिन आग्रह गरे । “हामीमा अहंकार भन्ने चिज हुनुहुँदैन । नामो निसान हुनुहुँदैन । अहंकार कसैमा बस्यो भने अरु चित बाँकी रहँदैन,” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement