site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महरामाथि भेपको सुन तस्करीमा अनुसन्धान गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको मतियारको भूमिका खेलेको भन्दै सोहीअनुसार अनुसन्धान गर्ने भएको छ । सोमबार कपिलबस्तुबाट पक्राउ परेका महरामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ । स्वास्थ्य अवस्था कमजोर रहेका कारण महरालाई हाल नर्भिक अस्पताल भर्ना गरिएको छ ।

विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरालाई सोही सुन तस्करीको सहयोगी भूमिका खेलेको आरोपमा अनुसन्धान हुने सीआईबीका प्रमुख एआईजी श्याम ज्ञवालीले जानकारी दिए ।

भेपमार्फत भएको सुन तस्करीका आरोपी दाओजिन वाङसँग महराकोे लामो कनेक्सन देखिएको थियो । १० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो ।

सो सुन भन्सारकै कर्मचारीको मिलेमतोमा चोरी गरेर बिक्री गरिएको थियो । सोही सुन तस्करीमा जोडिएका महराका छोरा राहुल भने हाल जेलमा छन् । उक्त सुन तस्करी प्रकरणका चिनियाँ नागरिक भने हाल फरार छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro