राजनीति

काठमाडौं । सत्ता गठबन्धनले जनताका निराशा चिर्दै भरोसा जगाइने जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले कार्र्यक्रमको प्रस्तावनमा सो विषय उल्लेख गरिएको जानकारी दिए ।
“...जनतालाई राज्यप्रति आशा र भरोसा पैदा गर्न । समाजमा युवाहरूमा प्रकट नैराश्यता, आक्रोश, नकारात्मक सोचमा पविर्तन गर्ने,” उनले भने ।
त्यसलाई न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामकरण गरिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १६:४८
प्रतिक्रिया दिनुहोस्