site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको जवाफ झुटो : कोइराला, घटनाले नयाँ मोड लिन सक्छ : शर्मा
संसद् बैठकका क्रममा गृहमन्त्री रवि लामिछानेलगायत सांसद ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ झुटो भएको जिकिर गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसद्‌मा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा झुटो बोलेको बताएका हुन् ।

आफूमाथि प्रश्नचिह्न खडा भएपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनको धारणा छ । कोइरालाले सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए ।

कांग्रेसको प्रस्तुति आलोकाँचो : बर्तौला
यस्तै, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले लामो इतिहास बोकेको कांग्रेसले संसद्‌मा देखाएको प्रस्तुति आलोकाँचो रहेको टिप्पणी गरे । यसले संसद्को मूल्यमान्यतालाई जीवन्त तुल्याउन नसक्ने उनले बताए ।

संसदीय छानबिन समितिको माग राजनीतिक पूर्वाग्रह र सरकारभन्दा बाहिर रहनुको छटपटाहट मात्र रहेको उनको भनाइ छ ।

कांग्रेसले आफ्नो प्रस्तुति सच्याउँदै सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

घटनाले नयाँ मोड लिन सक्छ : शर्मा
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिइसकेको भन्दै यसबारे कांग्रेस सहमतिमा आउने विश्वास व्यक्त गरे । प्रतिपक्षीको थप कार्यक्रम नबुझीकन केही भन्न नसिकने भन्दै उनले घटनाले नयाँ मोड लिन सक्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro