site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविका नाममा राजनीति नगर्न आग्रह, अनुसन्धानमा कैफियत देखिए कारबाही हुन्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेका नाममा राजनीति नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी ठगीमा नाम मुछिएका लामिछानेलाई गृहमन्त्री किन बनाएको भन्दै संसद्मा मागेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले देशका महत्त्वपूर्ण मुद्दा छोडेर गृहमन्त्रीको राजीनामाका पछि नलाग्न आग्रह गरे ।

“हालसम्मको अनुसन्धानले सहकारीको सञ्चालक समिति, ऋण समिति, लेखा समिति कतै पनि माननीय रवि लामिछानेको संलग्नता देखिँदैन । प्रहरीले अनुसन्धान गरी बुझाएको रिपोर्टमा पनि लामिछानेलाई विपक्षी बनाइएको छैन,” उनले भने, “मूल उजुरी परेको ६ महिनापछि माघ १६ गते पूरक जाहेरी दिइएको थियो । त्यसमा माननीय रवि लामिछानेसहित १८ व्यक्तिमाथि किटानी जाहेरी दिइएको थियो । उक्त जाहेरीमा उहाँले सहकारी हिनामिनामा गरेको कुनै प्रमाण दिइएको छैन ।”

प्रधानमन्त्री प्रचण्डले लामिछाने संलग्न भएको भनिएको ऋण समेत फिर्ता भइसकेको बताए । प्रमुख प्रतिपक्षले त्यही विषय उठाएर सदनको कामकारबाही प्रभावित पार्नु उपयुक्त नहुनेमा उनले जोड दिए ।

“प्रहरीले उहाँ (रवि लामिछाने) संलग्न भएको भनिएको ऋण फिर्ता भइसकेको पनि बताएको थियो,” प्रधानमन्त्रीले भने, “प्रमुख प्रतिपक्षीले सदनका कामकारबाही प्रभावित हुने गरी उठाउनुपर्ने विषय हो वा होइन भन्ने स्वयं कांग्रेसले सोच्ने विषय हो ।”

‘कैफियत देखिए कारबाही’
प्रधानमन्त्री प्रचण्डले अनुसन्धानमा कैफियत देखिए कारबाहीबाट कसैले उन्मुक्ति नपाउने बताए । “अनुसन्धानबाट कुनै कैफियत देखिएमा उहाँ (रवि लामिछाने)लाई पनि कारबाही हुन कसैले प्रभावित पार्न सक्दैन,” प्रधानमन्त्री प्रचण्डले भने, “गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्ने हो भने अर्को मन्त्रालयबाट पनि प्रभावित पार्ला ।”

मिडिया ‘ट्रायल’ भएको टिप्पणी 
प्रधानमन्त्री प्रचण्डले लामिछाने संलग्न भएको भन्दै सार्वजनिक समाचारलाई ‘मिडिया ट्रायल’का रूपमा व्याख्या गरे । “रवि लामिछानेको विषयमा प्रतिपक्षी सांसदहरूले उठाएका प्रश्नका विषयमा प्रस्ट पार्न चाहन्छु– यसको बारेमा यसअघि पनि मिडिया ड्रायल भएको थियो । तर, यो विषय यति सिरियस भएको थिएन,” उनले भने, “लामो इतिहास बोकेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिरियसली विषय उठाएपछि जवाफ दिन सम्बन्धित सरकारी संयन्त्रको रिपोर्ट समेत बुझेर उपस्थित छु ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro