site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविको बचाउमा ओली, भने– कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजियो
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका छन् । मंगलबार धनगढीमा पत्रकारहरूसँगको कुराकानीमा उनले लामिछानेको कुनै सहकारी नभएको बताए । 

“उनको कुनै सहकारी छ ? कुनै सहकारीमा संलग्नता छ ?,” ओलीले प्रश्न गरे । उनले लामिछानेले कांग्रेसलाई साथ नदिएकाले बदनाम गर्न खोजेको आरोप लगाए । “नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन त्यसो भएर बदनाम गर्न खोज्ने, फसाउन खोज्ने काम भएको छ,” ओलीले भने, “नेपाली कांग्रेसले सरकारबाट हट्नुपरेको पीडाको छटपटीमा छाती पिटेर रुँदै के भन्छ त्यसलाई महत्त्व दिन आवश्यक छैन ।” 

कांग्रेसले लामिछानेको नाम सहकारी ठगीमा मुछिएको भन्दै राजीनामाको माग गर्दै आएको छ । उनले एमालेले सिनियर नेतालाई सरकारमा किन नपठाएको भन्ने प्रश्नमा अघिल्लो वर्ष पनि त्यस्तै गरिएको जवाफ दिए । ओलीले शीर्ष नेता बाहिर बस्न नहुने हो र भन्दै प्रतिप्रश्न गरे ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्