site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपाध्यक्ष महरा पक्राउबारे माओवादी पदाधिकारी बैठकमा छलफल
कृष्णबहादुर महरा सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिसरमा ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा पार्टीको पदाधिकारी बैठकमा छलफल गरिएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा त्यसबारे छलफल गरिएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सोबारे पुनः बैठक बसेर निर्णय गरिने बताए । “तपाईंहरूले जान्न खोज्नुभएको उपाध्यक्ष कमरेड कृष्णबहादुर महराको बारेमा छ । हाम्रो धेरै राम्रोसँग छलफल भइरहेको छ । यसका हरेक पाटा, पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ,” उनले भने, “छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौँ ।”

सुन तस्करी प्रकरणमा सोमबार (हिजो) भैरहवाबाट उपाध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले चार दिनको म्याद थप गरी महरामाथि अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro