site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गरिमा विकास बैंक र टानबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)बीच सम्झौता भएको छ । सदस्य संस्थाहरूलाई बैंकले उपलब्ध गराउँदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता गरिएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानको तर्फबाट अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमार्फत टानका सदस्यहरूलाई गरिमा विकास बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ ।

साथै, पाँच लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ । यी सेवाहरूले टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro