काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको बताइएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल संस्कृत विश्वविद्यालयको नाममा सालभौडी, लमही लगायतका स्थानमा लुट मच्चाइएको आरोप लगाए । “नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको छ,” उनले भने, “दशकौँदेखि किसानहरू नेपाल संस्कृत विश्वविद्यालयका कारण मुद्दा खेपिरहनुभएको छ । किसानहरूले हैरानी भोगिरहनुभएको छ ।”
उनले छुट्टै विधेयक ल्याएर किसानलाई न्याय दिन आग्रह गरे । त्यस्तै, स्वर्गद्वारी गुठीका विषयमा कानुन अभावका कारण समस्या समाधान हुन नसकेको बताए । सरकार, प्रधानमन्त्री, मन्त्री फेरिए पनि किसानका पीडा उस्तै रहेको बताए । उनले व्यवस्था मात्रै परिवर्तन गरेर नहुने बताए ।