site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘धन्दावाला’ले समस्या खडा गर्दा आमसहकारी ‘घाइते’ : सांसद पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी संस्थालाई कालो धन सेतो बनाउने ठाउँ बनाउँदा अहिले सिंगो सहकारी आन्दोलन धर्मराएको बताएका छन् । उनले ‘धन्दा’का निम्ति खोलेकाहरूले समस्या खडा गर्दा आमसहकारी ‘घाइते’ भएको टिप्पणी गरे ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले ७२ लाखभन्दा बढी नागरिक जोडिएको, ९४ अर्बभन्दा बढी पुँजी लगानी गरिएको र जीडीपीमा ५ प्रतिशत योगदान रहेको संस्था संकटमा पर्नु र जताततैबाट प्रहार गरिनु गम्भीर विषय भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नियामक निकाय गैरजिम्मेवार हुँदा यस्तो अवस्था आएको उनको ठहर छ । नियामक निकायमा राजनीतिक खिचातानी र सहकारी बुझेको मान्छे प्रवेश नगर्दा समस्या झन् जटिल हुँदै गएको उनले उल्लेख गरे ।

उनले परिवार र कारोबारी मिलेर ऋणी खोज्दै हिँड्ने सहकारीका कारण बदनामी बढेको बताए । सहकारी क्षेत्रका समस्या समाधानका लागि अधिकारसम्पन्न छानबिन आयोग बनाउनुपर्नेमा उनले जोड दिए ।

Global Ime bank

जिम्मेवारीपूर्वक समस्या समाधानका निम्ति काम गर्नुपर्ने उनले औँल्याए । “तत्काल आयोग बनाऊँ र समस्या समाधन गर्न सरकारको ध्यानाकर्षण गर्दछु,” उनले भने, “सहकारीको वर्गीकरण गरौँ । सम्पत्तिको स्रोत प्रमाणीकरण गरौँ । ऋणीहरुको अध्ययन गरौँ । ऋण फर्काउनैपर्ने बाध्यकारी नियम बनाऊँ र नियामक निकाय बनाउने तथा कानुनको संशोधन गरौँ । यो गर्न सके मात्र सहकारीमा देखिएको समस्या समाधान गर्न सकिन्छ ।”

सहकारी अभियान मानव जीवनको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनको आन्दोलन भएको उनले बताए । लोकतान्त्रिक भाषामा सहकारी समाजवादको आधारस्तम्भ र वामपन्थीमा कम्युनको प्रारम्भ भएको उनको भनाइ थियो ।

“आज सिंगो देश हामीतिर फर्किएर हेरेको छ । सहकारी आन्दोलनमा भइरहेको समस्या र यसको हल कसरी हुन्छ र जनप्रतिनिधि कसरी अघि बढ्नुहुन्छ, जनताको चासो छ । प्रमुख प्रतिपक्षले यो विषय सशक्त उठाएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement