site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छु : अर्थमन्त्री पुन
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब रुपैयाँभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको बताएका छन् । आइतबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

उपभोक्ताको किन्न सक्ने क्षमता बढाएको खण्डमा अर्थतन्त्र चलायमान हुने विश्वासका साथ आफूले मन्त्रालय सम्हालेलगत्तै बजारमा रकम पठाउन थालेको उनले बताए । उनले दुग्ध किसानको बक्यौता भुक्तानीका निम्ति आइतबार मात्र ३० करोड रकम पठाइसकेको जानकारी गराए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“...खर्चको पार्टमा हामीले अलिकति समस्या हुँदाहुँदै पनि म आउनेबित्तिकै झन्डै ३० अर्बभन्दा बढी पेन्सन, सामाजिक सुरक्षा भत्तामा पठाउने निर्णय गरी पठाइसकेका छौँ,” उनले भने, “दुग्ध व्यवसायीहरूको, किसानहरूको मनोबल कमजोर भएको छ, त्यसमा ३० करोड तत्काल चाहियो भन्नुभएको थियो, त्यसमा छलफल गरेर ३० करोड निकासा भइसकेको छ । पठाइसकेका छौँ ।”

पुँजीगत खर्च गर्ने ठूला मन्त्रालयलाई प्रक्रियागत रूपले फाइल पठाउन आग्रह गरिसकेको र भुक्तानी गर्नुपर्ने रकम दिन अर्थ मन्त्रालय तयार रहेको बताइसकेको उनले उल्लेख गरे । यसबाट निर्माण व्यवसायीको हातमा रकम पुग्ने र अर्थतन्त्र चलायमान बन्ने विश्वास लिइएको उनले बताए ।

Royal Enfield Island Ad

“...पछिल्लो सार्वजनिक खरिद नियमावलीको संशोधनपछि कम्तीमा पनि ४० अर्बको दायित्व थपिन्छ । सिर्जना हुन्छ भन्ने छ,” उनले भने, “त्यो कुरा हामीसँग अलिकति समस्या हुँदाहुँदै पनि हामी पुँजीगत खर्च जो भइसकेका छन्, पेमेन्ट गर्नुपर्नेछ, त्यसलाई हामी जसरी पनि गर्छौँ भनेर प्रतिबद्धता गरेका छन् ।”

अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षको बजेट सरकारले विगतमा गरेको प्रतिबद्धताअनुसार नै बनाइने बताए । उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत निकायसँगको समन्वयात्मक पहलमा बजेट निर्माण गरिने सुनाए ।

अर्थमन्त्री पुनले अहिलेको सरकारका सबैभन्दा ठूलो चनौती युवाको निराशा अन्त्य गरी आशा जगाउनु रहेको बताए । सरकारले निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने उनले उल्लेख गरे । अहिलेको सरकार निजी क्षेत्रलाई अगाडि राखेर र अरूलाई सहयोगी बनाएर लैजाने प्रयत्नमा रहने उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro